बाजुराका ९५ बस्ती पहिरोको उच्च जोखिममा, सतकर्ता अपनाउन आग्रह

Posted on: 02 Aug, 2019

साउन १७, बाजुरा  |  बाजुरा जिल्ला दैवीक प्रकोप उद्धार समितिका अनुसार जिल्लाका नौ स्थानीयमा पर्ने ९५ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् |  जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरि गृह मन्त्रालयमा पठाउने निर्णय समेत भएको समितिले जनाएको छ। सबैभन्दा बढी त्रिवेणी नगरपालिका र बडिमालिका नगरपालिका जोखिममा रहेका छन्। 

वर्षाले ठाउँ ठाउँमा पहिरो गएको र घरमाथि बाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन्। पहिरोको उच्चजोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यलय बाजुराले सार्वजनिक सुचना जारी गर्दै आग्रह गरेको छ। सिङगो  जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्  |

यस्तै बाजुराको गौमुल गाउँपालिका वडा नम्वर ६ बसालामा बिहिवार राती गएको पहिरोमा परि घाईते भएकाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। पहिरोमा पुरिएर गम्भिर घाईते भएका ९० बर्षीय जंग चदाराको जिल्ला अस्पता लबाजुरामा उपचार भइरहेको हो। पहिरोले घर बगाउँदा बिहिवार राती आमा छोरीको मृत्यु भएको थियो । ३० बर्षीय निरुता चदारा र उनकी ६ बर्षकी छोरी किश्मती चदाराको मृत्यु थियो। घर पछाडि बाट पहिरो आएर पुरै घर बगाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!