बाजुरामा यात्रुवाहक जिप कर्णालीमा खस्यो : चार जनाको मृत्यु, एक बेपत्ता

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | बाजुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ | जिल्लाको हिमानी गाउँपालिका कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो | धुलाचोरबाट कोल्टी जाँदै गरेको से १ ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए |

दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् | घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ, भने मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ |

हराएका एक जनाको खोजि भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!