भाइरल ज्वरोका कारण बाजुरामा एक जनाको मृत्यु

Posted on: 05 Feb, 2020

माघ २२, बाजुरा | भाइरल ज्वरोका कारण  बाजुरामा एक जनाको मृत्यु भएको छ | । जिल्लाको  स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुका ५ वर्षीया मिमा कडाराको मृत्यु भएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताएका छन् |

उनको मंगलबार साँझ मृत्यु भएको र घरका अन्य पाँच जना पनि बिरामी भएको स्वास्थ्यकर्मी विकले जानकारी दिए | गाउँपालिकाको वडा नम्बर एकका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका छन् |

सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक साता यता बिरामीको संख्यामा बृद्धि हुँदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!