बाजुरामा एक वृद्धा मृत फेला

Posted on: 01 Dec, 2020

मंसिर १६, बाजुरा | बाजुरामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् | त्रिवेणी नगरपालिका–९ की ७८ वर्षीया अम्बीका पाध्याय बुढीगंगा नदिमा मृत अवस्थामा फेला परेकी हुन |

उनी मंसिर १० गतेदेखि हराएकि थिइन् | हराएपछि उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएको र सोही निवेदनको आधारमा खोजी गर्दै जाँदा मंगलबार पाध्यायको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बलेन्द्र नाथले बताए |

उनका शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याउन लागिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!