नगरपालिका विकास योजना सार्वजनिक

Posted on: 01 Feb, 2018

माघ १८, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाले हाल सञ्चालन गरिरहेको ४२ बुँदे विकास योजनाको खाका आज यहाँ सार्वजनिक गरेको छ । 

सो नगरपालिकाले प्रस्तुत गरेको योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्र, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड र आधुनिक बसपार्कको निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मत सम्भार, सामाजिक विकास कार्यक्रमलगायत रहेका छन् । 

नगरका कूल २३ वडाका लागि करिब रु १८ करोडको बजेट विनियोजनभित्र समेटिएको नगर प्रमुख धवलशम्शेर राणाले जानकारी गराउनुभयो । 

त्यसैगरी, नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण ट्राफिक व्यवस्थापनलगायतका कार्यक्रम पनि योजनामा राखिएको छ । 

यसैबीच, नगरपालिकामा बुधबारदेखि टोल फ्रि कक्ष स्थापना गरिएको छ । नागरिकका गुनासा र सेवा, सुविधाका विषयमा जानकारी लिने उद्देश्यले स्थापना गरिएको पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–८१–५२०५२ नम्बरमा फोन गरेर गुनासो र नगरपालिकाद्वारा सञ्चालित सेवाका बारेमा जानकारी लिन सकिने छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!