इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

Posted on: 10 Jul, 2018

असार २६, नेपालगञ्ज | बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । 

नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकामा त्यसको कार्यान्वयन हुन सकेको थिएन । 

यातायात व्यवस्था समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकको सहमतिपछि समितिले दर्ता गर्नुपर्ने उही निर्णय दोहो¥याएको हो । “अब पहिले जस्तो हुँदैन, सोमबार भएको निर्णय हामी कार्यान्वयन गरेरै छाड्छौँ”, प्रजिअ केसीको भनाइ छ । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!