बाँकेमा एकीकृत घुम्ती शिविरमा पाँच हजारभन्दा बढी सहभागी

Posted on: 28 Dec, 2016

पुस १२, नेपालगन्ज । नागरिकलाई घरदैलामा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले मङ्गलबार बाँके जिल्लाको अगैया गाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा करिब पाँच हजारभन्दा बढी सहभागी भएका छन् । 

प्रजिअ रविलाल पन्थका अनुसार शिविरमा नागरिकता, तस्बिरसहितको मतदाता नामावली सङ्कलन, किसान र अपाङ्गता परिचयपत्र, जन्मदर्ता, स्वास्थ्यलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा खासकुश्मा, बिनौना, बैजापुर, कचनापुर र महादेवपुरी गाविसका नागरिक शिविरवाट लाभान्वित भएको बताइएको छ । 

शिविर अवधिमा जनताको गुनासो सुन्न सरोकार भएकाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि आयोजना गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!