बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलको हवाई उडान अवरुद्ध

Posted on: 28 Dec, 2016

पुस १३, बाँके । बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट आज हुने बिहानी सेवाका सबै उडान अवरुद्ध भएका छन् । 

नेपालगन्ज बिमानस्थलबाट मध्य तथा सुदूरका हिमाली तथा पहाडी जिल्लाका उडान र नेपालगन्जबाट काठमाडौँको उडान पनि अबरुद्ध भएको नेपाल नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ । 

आज बिहान एक्कासी लागेको बाक्लो हुस्सुका कारण हवाई उडान अबरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आसमा विमानस्थलमै बसीरहेका छन् ।

हवाई उडान अबरुद्ध हुँदा उपचारका लागि काठमाडौँ जाने यात्रु अझ बढी समस्यामा परेका हुन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!