भारतीय नाका हुँदै अरब लान खोजिएका ६ महिलाको उद्दार

Posted on: 07 May, 2017


वैशाख २४, बाँके । भारतीय नाका हुँदै विभिन्न अरब देशमा लैजान लागेका ६ जना महिलालाई बाँकेको कोहलपुरबाट प्रहरीले उद्दार गरेको छ । 

भारतको बाटो हुँदै राम्रो काम लगाइदिने बहाना र प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यका साथ बाँके, दाङ, सुर्खेत, बुटवलका गरी ६ जना महिलालाई उद्दार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार देशका विभिन्न क्षेत्रबाट अनेक प्रलोभन दिएर भारतीय बाटो हुँदै अरब देशमा पठाउने योजनाका साथ कोहलपुरको बसपार्क, ढकेरी र जीगाउँमा राखिएका महिलालाई उद्दार गरिएको हो । 

प्रहरीले अवैध रुपमा खाडीका देशमा पठाउने कार्यमा संलग्न तीन जना एजेन्टलाई प्रक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । 

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत बाँकेमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीले प्रक्राउ परेका व्यक्ति र उद्धार गरिएका महिलाको नाम भने खुलाएको छैन । 

यस घटनामा ठूलै गिरोह संलग्न रहेकाले थप अनुसन्धान जारी रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!