बाँकेमा बस दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते

Posted on: 10 Oct, 2017

असोज २४, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ चप्परगौडीमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । 

काठमाडौंबाट धनगढीका लागि छुटेको ना ४ ख ८२ ५५ नम्बरको बस लौकी पुल नजिकै सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बैतडी रुद्रेश्वर गाउँपालिका ४ की ४५ वर्षकी बाहिनी बोहरा र विराटनगरको सुर्यदल गणमा कार्यरत सेनाका जवान २० वर्षका रविन्द्र पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्का एक जनाको भने परिचय खुल्न सकेको छैन । घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!