श्रीमती हत्या आरोपमा श्रीमान् कारागार चलान

Posted on: 14 May, 2019

बैशाख ३१, काठमाडौं । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाको पति बुढाक्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो । गत वैशाख १ गते १९ वर्षीया स्वस्तिकाले आत्महत्या गरेको परिवारले बताए पनि माइतीपक्षले ज्वाइँ बुढाक्षेत्रीले हत्या गरेको भन्दै आन्दोलन गर्दै आएका थिए । 

नेपालगञ्ज–२० राँझा माइती भएकी स्वस्तिकाको छ महीना अघिमात्र विवाह भएको स्थानीय छिमेकी उषा थापाले बताउनुभयो । स्वस्तिकाको आत्महत्या नभई हत्या भएकाले न्यायका लागि माइतीपक्षले निरन्तर माग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!