बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

Posted on: 25 Oct, 2019

कात्तिक ८, बाँके | बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि ११ हजार भोल्ट करेन्ट प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरु गरिएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!