कोहलपुरमा कर्फ्यु लगाउने तयारी, घाइते छात्रालाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर

Posted on: 08 Dec, 2019

मंसिर २२, काठमाडौँ | आइतबार बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बाँकेको कोहलपुरमा तनाब ग्रस्त बनेको छ | जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको  | बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार जिल्ला सुरक्षा समितिको  बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ |

घाइते  छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ | बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ | स्थानीयहरुले गरेको ढुंगामुढा प्रहारबाट प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् | प्रहरीका अनुसार घाइते प्रहरीको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ |

कोहलपुर नेपालगंज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट कक्षा ७ मा अध्ययनरत त्रिभुवन उच्च माध्यामिक विद्यालयकि प्रकृति चन्दको मृत्यु भएको थियो | बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् | प्रहरीले केही राउण्ड हवाई फायर पनि गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!