१९ वर्षीय किशोरीमाथि बलात्कार

Posted on: 16 Mar, 2020

चैत ३, बाँके | बाँकेमा १९ वर्षीय किशोरीलाईब लात्कार गरेको एक युवक पक्राउ परेका छन् | पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापा रहेका छन् |

किशोरीलाई घरसम्म पुर्‍याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका-४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो |

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!