२४ वर्षीय कोरोना संक्रमितको मृत्यु

Posted on: 21 Oct, 2020

कात्तिक ५, बाँके | बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको हो ।

बेलाडी–५ कञ्चनपुरका २४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार बेलुका मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

योसंगै उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाकेमा मृत्यु भएको छ । बाके जिल्लाका मृत्यु हुनेको संख्या भने २९ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!