बाराको स्वर्णपुरमा फोरम नेपाल विजयी

Posted on: 23 Sep, 2017

असोज ७, कलैया । संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ । 

प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव तीन हजार ६५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राकेश यादवले दुई हजार ६९० मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा फोरमकै बबिता यादव तीन हजार ४७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मदिफन खातुनले एक हजार ९८७ मत प्राप्त गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!