बारागढी गापा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा संघीय फोरम बिजयी

Posted on: 26 Sep, 2017

असोज १०, कलैया । बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ । 

काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गर्नुभएको थियो । 

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गर्नुभएको थियो । 

छवटा वडा रहेको बारागढीमा काँग्रेसले दुई, संघीय समाजवादीले दुई र नेकपा (एमाले) ले पनि दुईवटा वडामा जित हात पारेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!