ट्रकको ठक्करबाट महिलाको मृत्यु

Posted on: 14 Nov, 2016

कात्तिक २९, बारा । बारा जिल्ला निजगढ नगरपालिकास्थित बकैया नदीको पुलदेखि करिब २०० मिटर पूर्व सडकमा आज बिहान ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । 

निजगढ–५ बस्ने ३५ वर्षीया कल्पना गौतम साइकलबाट निजगढ बजारतर्फ आइरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना२ख ९३४१ नंको ट्रकले ठक्कर दिँदा साइकलयात्री गौतमको घटनास्थलमा नै मृत्यु भएको थियो । 

ट्रक चालक निजगढ–८ बस्ने ५० वर्षीय जोखकुवर चौधरी र ट्रक इप्रका, निजगढको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सुवासकुमार गैरेले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!