बारामा यस वर्ष धान उत्पादन वृद्धि

Posted on: 08 Jan, 2017

पुस २४, कलैया | बारा जिल्लामा चालु आर्थिक वर्षमा ०७३/७४ भदैया, अगहनी धान खेती गत वर्षभन्दा यस वर्ष आठ हजार ६ सय ६८ मेट्रिक टन उत्पादन वृद्धि भएको छ । 

कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष जिल्लाका कृषकले भदैया र अगहनी धान कुल एक लाख ८५ हजार पाँच सय चार मेट्रिक टन धान उत्पादन भएको हो । 

गत आव ०७२/७३ वर्षमा कृषकले भदैया र अगहनी धानखेती गरी कुल एक लाख ७६ हजार आठ सय ३६ मेट्रिक टन धान उत्पादन गरेका थिए । 

यस वर्ष भदैया धान १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा ५५ हजार दुई सय ५७ मेट्रिक टन उत्पादन भएको र अगहनी धान ४१ हजार एक सय ३१ हेक्टर क्षेत्रफलमा लगाइएकामा एक लाख ३० हजार दुई सय ४७ मेट्रिक टन उत्पादन भएको हो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!