प्रेस मञ्चद्वारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना

Posted on: 16 Apr, 2017


बैशाख ३,पर्सा । सप्तरीका पत्रकारहरुले काठमाडौं केन्द्रिय कार्यालयमा जारी राखेको अनसन प्रति ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च नेपाल पर्सा शाखालेले पत्रकार महासंघ पर्साको कार्यालयमा आइतबार एक घन्टा  धर्ना दिएका छन।

 प्रेस मञ्च नेपाल पर्साका अध्यक्ष बिजय ठाकुरका नेतृत्वमा सप्तरी शाखामा देखिएको समस्यालाई तत्काल समाधान गर्नका लागि जोरदार माग गर्दै महासंघ पर्सा शाखामा धर्ना दिएका थिए । धर्नापछि मञ्च पर्साका पदाधिकारीहरुले बिरगंजमा मोटरसाइकल रयाली समेत निकालेका थिए।धर्ना एवम् मोटरसाइकल रयालीमा प्रेस मञ्च  पर्साका सचीव दिपक चौरसिया,सह-सचीव राम मण्डल,सह(कोषाध्यक्ष कृष्ण यादव,जिल्ला सदस्यहरु दिपेन्द्र गिरि,आनन्द पटेल,अबिनास झा,अजहर हवारी,मुन्ना सरार्फ,मुना ठाकुर,मिलन सिह राई लगायत पर्साका कृयासिल पत्रकारहरुको सहभागीता रहेको थियो।  

प्रेस मञ्चको केन्द्रिय निणर्य अनुसार आइतबार मधेशका सबै जिल्लाका शाखाहरुमा १ घण्टा धर्ना दिएको मञ्चका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।यसअघि शनिबार प्रेस मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेलले एक प्रेस विज्ञप्ती जारी गरी सो एक्यब्द्धता जनाएका थिए । पटेलले सप्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौमा चैत्र ३० गते बाट धर्ना बसी रहेको र बारम बार महासंघ केन्द्रलाई जानकारी गराउदा समेत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सप्तरीका पत्रकारहरुले गर्दै आएको आन्दोलन एवं ध्यानाकर्षणलाई बेवास्ता गरेकोमा प्रेस मञ्च नेपालले कडा आपत्ती जनाएको थियो ।

 नेपाल पत्रकार महासंघले सप्तरी शाखमा विवाद हुदा समेत गैर जिम्मेवारीपन देखाई जिल्ला अधिवेशनको परिपत्र जारी गरी जिल्लाको क्रियासिल पत्रकरहरुलाई सदस्यताबाट बञ्चित गर्ने एवं महासंघको नेतृत्व र कार्य समितिको पहुच बाट बञ्चित गर्न कार्य अविलम्ब रोका गरी र सप्तरीका पत्रकारहरुको मागं पुरा गर्न नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष  एवं केन्द्रिय कार्य समितिलाई समेत प्रेस मञ्च नेपालले ध्यानाकर्षण समेत गराएको थियो । प्रेस मञ्च नेपालले सप्तरीका पत्रकारहरुको समर्थनमा मधेसका जिल्लाहरु पर्सा,बारा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सप्तरी,सिरहा,सुनसरी,मोरङ,रुपन्देही,कपिलवस्तु ,बाके,कैलाली,चितवन,सहितको जिल्लामा पत्रकार महासंघ कार्यालय अगाडि एकैपटक साथ एक घन्टा धर्ना दिएको प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!