करेन्ट लागेर भारतीय मजदुरको मृत्यु

Posted on: 13 Jun, 2017

जेठ ३०, कलैया । कुखुराको दाना बनाउने उद्योगमा काम गर्ने भारतीय मजदुरको आइतबार करेन्ट लागी घटनास्थलमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ । 

बारा जिल्ला सिमरा–जितपर उपमहानगरपालिका–८ स्थित कुखुरा दाना उद्योगमा मजदुरलाई खाना बनाउने ३५ वर्षीय दशरथप्रसाद यादवको खाना बनाउन पानी लिन जाँदा विद्युतीय तारमा अल्झी करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट ट्र्याक्टर चालकको मृत्यु 

यसैबीच, पूर्व–पश्चिम महेन्द्र राजमार्गको १२ किमी भन्ने ठाउँमा आइतबार ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ५८८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ज १ त ५२३९ नम्बरको ट्र्याक्टरलाई १२ किमी भन्ने ठाउँमा ठक्कर दिँदा ट्याक्टर चालक सर्लाही–बस्ने ३५ वर्षीय भोजेन्द्र साहको घटनास्थलमा नै मृत्यु भएको छ । 

सो घटनाका ट्र्याक्टरका सहचालक सोही ठाउँ बस्ने ३४ वर्षीय राजकिशोर साह गम्भीर घाइते भई उपचारका लागि वीरगन्ज अस्पताल लगिएको छ । 

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!