आर्थिक पत्रकार समाज बाराको अध्यक्षमा श्रेष्ठ

Posted on: 18 Feb, 2018

फागुन ६, कलैया | बाराको सदरमुकाम कलैयामा बसेको पत्रकारको एक भेलाले वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आर्थिक पत्रकार समाजको जिल्ला कार्य समिति गठन गरिएको छ । श्रेष्ठ रासस बाराका प्रतिनिधि हुनुहुन्छ । 

आज देवकीलाल धर्मशालामा बसेको पत्रकारको भेलाले सो समितिको सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रतीक दैनिकका रामेश्वर मेहता, सचिवमा साझेदारी दैनिकका प्रकाशक श्यामबाबु यादव, सहसचिवमा एभिन्युजका अजय साह र कोषाध्यक्षमा रेडियो नेपालका बारा समाचारदाता सिकेन्द्र पासवान चयन हुनुभएको छ । 

समितिको सदस्यमा कलैया टुडेका अप्सरा पुडासैनी, सागर विश्वकर्मा, बर्सात एफएमका अनिल पाण्डे, आरती शर्मा ठाकुर, विश्वास एफएमका शत्रुधन गुप्ता र अनिल गुप्ता चयन हुनुभएको हो । समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार उमेशलाल दास, पत्रकार महासंघका पूर्वअध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह, पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहता र पत्रकार पन्नालाल दास चयन हुनुभएको नवगठित संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी बैठकले कलैयामा आर्थिक पत्रकार समाजको कार्यालय सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!