खुट्टाको उपचार गराउन ट्रमा सेन्टर पुगेकी एक महिलाको मृत्यु

Posted on: 08 Aug, 2018

साउन २३, काठमाडौ । खुट्टाको उपचार गराउन पुगेकी एक महिलाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ। बारा घर भई हाल सिनामंगल बस्ने निवासी ६५ वर्षकी सावित्री सुवेदी मृत्यु भएको हो । सुवेदीको मृत्यु भएपछी आफन्तले डाक्टरको लापरबाही भन्दै कारबाहीको माग गरेका छन् ।

उनका छोरा मुकुन्द सुवेदीका अनुसार कम्मरमुनिको भागमा असहृय पीडा भएपछि सोमबार उनलाई ट्रमा सेन्टरको बहिरंग सेवामा उपचार गरिएको थियो । जाँच गर्ने क्रममा उनको रगतमा चिनीको मात्रा धेरै देखिएपछि उनलाई त्यसै दिन आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

तर पनि उनको पिडामा कुनै कमी नआएपछि केही दिन नदुख्ने औषधी दिएर हेर्ने र नभएमा शल्यक्रिया गर्नुपर्ने भनेका चिकित्सकहरु बुधबार वहान आठ बजेको राउण्डमा आएर विरामीलाई केही भएमा आफूहरु जवाफदेही नहुने बताएको थिए ।

‘हिजोसम्म केही नभनेका उनीहरुले बुधबार विहान एकैचोटी रिपोर्ट हेरेर विरामीलाई केही भए आफूहरु जवाफ देही नहुने बताए । त्यसो भनेको केहीबेरमा नै आमाको मृत्यु भयो’ मुकुन्दले भने ।

चिकित्सकले भने विरामीको मृत्यु लापरवाहीका कारण नभइ कार्डियाक एरेष्टका कारण भएको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!