जगदम्बा स्टिलको उद्योगमा भट्टी पड्किँदा पाँच जना घाइते, ४ को अवस्था गम्भीर

Posted on: 10 Oct, 2018

असोज २४, सिमरा | बाराको सिमरामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा बुधबार पाँचजना घाइते भएका छन् । घाइते हुनेमा भारत बिहार राज्य सितागढी बस्ने २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षीय सन्दीप कुमार, २३ वर्षीय पंकज कुमार र  भारत मोतीहारीका ३५ वर्षीय विनायक सिंह रहेका छन् | घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए । 


गम्भीर घाइतेको वीरगन्जस्थित गण्डक केयर अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका भारत मोतीहारीका सिंहको सिमरामा उपचार भइरहेको छ । 

गम्भीर घाइतेको शरीरको भाग पूर्णरुपमा जलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!