उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माग

Posted on: 03 Apr, 2019

अनिल गुप्ता | चैत २०, बारा | बाराको पश्चिमी दक्षिणी क्षेत्रमा चैत्र १७ गते करिब बेलुका ७:३० बजेको समयमा गएको बिनासकारी, त्रासदीपूर्ण आँधीहुरीका कारण जनधनको ब्यापक क्षति भएको छ ।


यस प्रति नेपाली काँग्रेसका पूर्व सचेतक तथा पूर्व मूख्य सचिव डा.शोभाकर पराजुलीले गहिरो सम्वेदना प्रकट गर्दै स्थलगत भ्रमण एवं सम्वादको क्रममा तिन वटै सरकारका बिच समन्वयको अभाव खटिएको बताउनु भयो । त्यस्तै अस्तव्यस्तता र अव्यवस्थित अवस्था रहि रहने हो भने पिडितरु माथि थप पिडा पुग्छ भने धेरै नै चिन्ता लागेको छ भन्दै अत्यन्त भावभिभोर हुनु भएको थियो ।

तिनवटै सरकारसँग अविलम्भ आवश्यक समन्वय कायम गरी उद्धार, राहत, निःशुल्क उपचार, आवश्यक क्षतिपूर्ति र पुनःनिर्माणको कार्य गर्नको लागि जोडदार माँग गर्ने प्रतिवद्धता डा.पराजुलीले जनाउनु भयो । साथै सबैमा मानवीय सहयोगको लागि हार्दिक अपिल समेत गर्नु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!