फेसबुकबाट सीडीओलाई गाली गर्ने एकजना पक्राउ

Posted on: 25 Aug, 2019

भदौ ८, वीरगञ्ज । फेसबुकबाट सीडीओलाई गाली गर्ने एकजना पक्राउ परेका छन्  | पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो | पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्ता रहेका छन् |

उनी कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!