शिशिर योगीलाई उनले छाडेपछि ! (भिडियो)

Posted on: 22 Jul, 2018

सास । असार ६, बर्दिया ।

नेपाली सुगम संगीतमा आफ्नो अलग पहिचान बनाउन सफल गायक शिशिर योगीको एउटा विशेषता के हो भने उनी हत्तपत्त कुनै पनि शब्दलाई गायनका लागि छनोट गर्दैनन् । तर जुन छनोट गरेर गाएका छन् सबै गीतहरु सर्वप्रिय छन् ।
आज मात्रै उनकै आवाजमा बर्दियाका सर्जकहरु गायक तथा संगीतकार प्रभात सुवेदीको संगीत र ईश्वरी प्रसाद रिजाल “उल्कापात” का शब्दहरुका साथमा “चरी बनी उडी गइन्” सार्वजनिक गरिएको छ ।


सुदिप सागरको संगीत संयोजन रहेको यो गीतको स्टुडियो छायाङ्कन गरेर रचनाकारको जन्मदिन पारेर आज साउन ६ गते सार्वजनिक गरिएको हो । सिर्जनाका हिसावले रचनाकारको पहिलो गीत हो भने गायक तथा संगीतकार प्रभात सुवेदीका यस अघि दर्जनौं सिर्जनाहरु आइसकेका छन् ।
बर्दियामा बसेर पनि निरन्तर सांगितीक क्षेत्रमा लागेका प्रभात सुवेदी तथा सर्जक ईश्श्वरी प्रसाद रिजाल “उल्कापात” दुबै जना अध्यापन पेशामा संलग्न छन् ।
हेर्नुहोस् भिडियो (मन परेमा लाइक सेयर र कमेन्ट गरिदिनुहोला)

यस बिषयमा तपाइको प्रतिक्रिया...!