गायक नरेन्द्र प्यासी अमेरिकाबाट अाउनासाथ लिलामीमा ! (भिडियो सहित)

Posted on: 19 Nov, 2018

सास । कात्तिक ३, बर्दिया । 

तीन दशक भन्दा अघि रेडियो नेपालबाट खुबै गुञ्जिने गीत ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ.. ’ गीत गाएका चर्चित गायक नरेन्द्र प्यासी अमेरिकाबाट नेपाल अाउनासाथ लिलामीमा परेका छन् । 

नेपाल आउनासाथ उनको जीवनमा एउटा घटना घटेको छ । जुन घटना कहालीलाग्दो पनि छ । धेरै आशा गरेर सँगसँगै जिउने मर्ने कसम खाएकी आफ्नी जीवनसँगीनीले छलछाम गरी धोका दिएपछि उनको जिन्दगीमा नै तगारो लागेको छ । यही तगारोका कारण उनी अहिले पीडामा गुज्रिरहेका छन् भने प्रेमिकाले भने उनको पीडा मुकदर्शक बनेर हेरिरेकी छिन् । 

यो प्रसङ्ग वास्तविक नभएर उनले दशकौँपछि गाएको एउटा उत्कृष्ट गजल ‘मेरो सुन्दर संसार लिलाम गर्यौ तिमीले ...’ को हो । करिव ५ महिनासम्म उनलाई नै गाउन दिनका लागि कुरेर बसिएको र कुराइ अनुसार नै याे गजल उत्कृष्ट बनेको स‌गीत स‌योजक रकेश वलीले बताए । गीतकार मणि रत्नका शब्द, प्रभात सुवेदीको संगीत र रकेश वलीको संगीत संयोजनमा बिन्ध्यवासिनी म्युजिकले भर्खरै बजारमा ल्याएको यो सांगितीक सिर्जनाको अडियो तथा स्टुडियो भिडियोको छायांकन मेलोडी नेपाल प्रा.लि. मा गरिएको हो । अपलोड गरिएको दुई दिनमै ४ हजार दर्शकले हेरिसकेको यो गीत नरेन्द्र प्यासीका उत्कृष्ट गीतहरुमध्ये भएको गीतकार मणी रत्नले बताएका छन् । नेपाल आउने क्रममा दशकौं पछि यो स्तरको गीत गाउन पाएकोमा निकै खुशी लागेको गायक प्यासीले बताए । 

हेर्नुहोस् भिडियो ...



यस बिषयमा तपाइको प्रतिक्रिया...!