दुर्लभ किसानको साथी भेटिएपछि

Posted on: 22 Dec, 2016

प्रभात सुवेदी । पौष ७, बर्दिया । 

अति सङ्कटापन्न जीवको सूचीमा रहेको सालक बर्दियाको ताराताल सानोश्री नगरपालिकाको वडा नं. ७ गंगावस्तीमा देखेर वन कार्यालयमा जानकारी दिएपछि वनको टोलिले सुरक्षित रुपमा उद्दार गरेको छ ।


नेपालको ४३ जिल्लामा मात्रै पाईने सालक विषेश गरि भारत, चीन, लगाएत एसियाली राष्ट्र र अफ्रिकाका उष्ण भूभागमा पाइन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्रि भाग बाहेक शरिरको सम्पुर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । सालक पुच्छरको सहायताले रुखको हाँगामा झुण्डिने सक्छ । सालकले आफुलाई खतरा महसुस भएमा त्यसबाट बच्न जोगिन गुडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ ।

धमिरा र कमिला नै प्रमुख आहारा भएको र यसका लागि रातको समयमा मात्रै क्रियाशील हुने सालक दिउसो भने दुलोमा बस्ने सालकले आफ्नो आहारा खोज्ने क्रममा माटो खोस्रेर गोडमेल र उर्वर बनाउने काम गर्ने हुँदा किसानको साथीका रुपमा मानिन्छ । 

यसको अवैधरुपमा शिकार, कारोवार गर्नेलाई ५ देखि १५ बर्ष सम्म कैद वा ५० हजार देखि १ लाख सम्म दण्ड सजाए हुने जिल्ला वन कार्यालयका प्रमुख बलिराम पण्डितले बताउनुभयो । 

यसरी ल्याइएको सालकलाई बर्दिया राट्रिय निकुञ्जमा बुझाइन पण्डितले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!