बर्दिया मधुवन नगरपालिकाका कृषकलाई आत्मनिर्भर बनाउन कृषि औजार वितरण

Posted on: 19 May, 2019

जेठ ५, बर्दिया | बर्दियाको मधुवन नगरपालिकाका कृषकलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा औजार वितरण गरेको छ । नगरप्रमुख कृष्ण केसीले पाँच  पावर टिलर, पाँच धान काट्ने मेशिन र एउटा बीउ छर्ने मेशिन कृषकलाई हस्तान्तरण गर्नुभएको हो । 

वास्तविक किसानको हकहितका लागि ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण वितरण गरिएको केसीले बताउनुभयो । बालकुमारी समूहलाई एक लाख ७५ हजारमा बीउ छर्ने मेशिन, गोचाली कृष्ण समूहलाई एक लाख ९५ हजारमा पावर टिलर, कृष्ण कृषक समूहलाई एक लाख ९५ हजारमा पावर टिलर, महादेवा कृषक समूहलाई एक लाख ९५ हजारमा पावर टिलर, माछापुछ्रे कृषक समूहलाई एक लाखमा धान काट्ने मेशिन, फूलबारी कृषक समूहलाई एक लाख ९५ हजारमा पावर टिलर तथा कृषि जनचेतना कृषक समूहलाई रु एक लाखमा धान काट्ने मेशिन वितरण गरिएको नगरप्रमुख केसीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!