पगाहामै पघ्रियो सारा जिन्दगी

Posted on: 28 Dec, 2016

प्रभात सुवेदी । पौष १३, बर्दिया ।

मङ्गलबार  टिकापुरको गोदावरीमा गौहत्याको विरोधमा गरिएको मध्य तथा सुदुर पश्चिमको सामान्य प्रभाव । अनि सडकमा छिटपुट रुपमा गुडिरहेका केही हलुका सवारी साधनहरु भने कतिखेर सुनसान सडक । श्रीमतीलाई अगाडि लगाएर घुईँघुईँ लाठीमा बेरिएको डोरी घुमाउन लगाएर आफूले भने मेशीनलाई बुझो लगाएजस्तै गरी करिब चालीस हातको दूरी भएपछि रोकिनुहुन्थ्यो वहाँ ।


यो दृश्य मंगलबार महम्मदपुर गाविसको गणेशपुरनिरको हुलाकी सडकमा देखिएको दृश्य हो ।  कामता कुछवधिया जो उमेरले ६० वर्ष नाघिसक्नुभएको छ । जन्मथलो भारत भएपनि वहाँ नेपाल आएको ३० वर्ष भयो । यहाँ आएर पनि पूर्खाहरुले यसैगरी डोरी बाटेर र लोहोरा, सिलौटा बनाएर बेचेर नै जीवन निर्वाह गरे म पनि यही गर्दैछु । 

वहाँ भन्नुहुन्छ, ‘पुर्खाहरुले यही गरे हामीले पनि यहि गर्दैर्छौँ, मेरा ५÷६ जना सन्तानहरु पनि यही पेशा गर्छन्, खेतीबारी केही छैन अहिले यही सिजन छ यही बनाउँदैछौँ यसैमा हाम्रो जीवन आश्रित रहेको छ’, काम्ता भन्नुहुन्छ । खासगरी कात्तिक, मंसिर, पुष, खासगरी महिना धानको सिजन भएकोले पनि यसरी डोरी बनाउने गरेका छौँ । बाँकी सिजनमा भने लोहोरा, सिलौटा, जाँतोहरु बनाएर बेच्ने गरेका छौँ भन्नुहुँदै यसैबाट २ चार हजार भएपनि आम्दानी हुने भएकोले निरन्तरता दिएको बताउनुहुन्छ । 


यसरी बनाएको डोरीलाई स्थानीय भाषामा पगाहा भनिदो रहेछ । यसलाई ९ सरा र चालीस पचास हात सम्म बनाइने रहेछ । एउटा पगाहा तयार गर्नका लगि दिनभरी नै लाग्ने रहेछ । तर मिहिनेत अनुसारको आम्दानी नभएपनि यसैगरी आजसम्मको जिन्दगी वित्यो अव बाँकी जिवन पनि यसैगरी विताउने हो, वहाँ भन्नुहुन्छ । 

यसका लागि मकैबारी तथा रहरबारीका बीचमा गरिने पाट (सनपाट) लाई पानीमा कुहाएर तयार गरिए को रेशालाई प्रयोग गरेर पगाहा तयार गरिन्छ । यसको कच्चा पाट कालबञ्जार तथा रतनापुरबाट क्षेत्रबाट प्रतिकिलो असी रुपैँयामा ल्याएर यसरी पगाहा बाटिने रहेछ । 

यसरी बनाएको डोरीलाई कसैले लडियामा, डनलपमा, ट्रयाक्टरमा, पिङ बनाउन र घरयारी प्रयोजनका लागि विक्री हुने कुरा बताउनुहुन्छ  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!