गरेर भन्दा देखेर पनि सिकौँ

Posted on: 12 Jul, 2017

प्रभात सुवेदी । असार २८, बर्दिया । 

गरेर भन्दा देखेर सिकौँ भन्ने उद्देश्यका साथ डिभिजन सहकारी कार्यालय बर्दियाले जिल्ला स्थित डिभिजन कार्यायलका कर्मचारीहरु, विभिन्न संघ, संस्था, सहकारीका पदाधिकारी तथा सेयर सदस्यहरुलाई अन्तर जिल्ला भम्रण कार्यक्रम सम्पन्न गराएको छ ।

२०१३ सालमा स्थापना गरिएको नेपालकै पुरानाे सहकारी संस्थाकाे अवलोकनपछि ...

हरेक वर्षको स्वीकृत कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको डिभिजन सहकारी कार्यालयका कामु सहकारी अधिकृत कृष्ण प्रसाद भट्टराईले बताउनुभयो । वहाँले भन्नुभया, ‘असार २५ गतेदेखि ४ दिनका लागि आयोजना गरिएको भ्रमणमा बर्दिया जिल्लाका विभिन्न सहकारी संघहरु, संस्थाहरुका करिव ३ दर्जनको सहभागिता रहेकोमा  बर्दिया जिल्लाको सहकारी कसरी अगाडि बेढेका छन् र जिल्ला बाहिरका सहकारीहरु कुन कुन पक्षमा सबल र सक्षम छन् भनेर कपिलबस्तु, नवलपरासी र चितवन जिल्लाका विभिन्न सहकारीहरुको अवलोकन भ्रमणको आयोजना गरका हौं ।’ 

असार महिनामा नै भ्रमणको आयोजना गरिनुका सन्दर्भमा वहाँले भन्नुभयो, ‘यसको आयोजना अलि अगाडि नै गर्नुपर्ने हो तर निर्वाचनका कारणहरुले कोही सहकारी अभियान्ताहरु नै उम्मेदवार हुनुभएका र कर्मचारीहरु पनि निर्वाचनमा खटिनुपर्ने भएकोले अहिले आएर झरी बादल लागेको भएपनि पुगेर आउँ भनेर भनेर यो भ्रमणको आयोजना गरेका हौँ । त्यसमा पनि हामीले चितवनको शारदानगरमा रहेको वि.सं. २०१३ सालमा स्थापना भएको नेपालकै पहिलो सहकारी  ‘बखान वहुउद्देश्यीय सहकारी संस्था’ मा पुग्यौं । र, अर्को नेपालमा नै उत्कृष्ट ठहरिएको ‘विकू बचत तथा ऋण सहकारी संस्था’ को अवलोकन गरेर अन्र्तक्रिया समेत गर्ने अवसर प्राप्त गर्यौं त्यहाँबाट पनि धेरै कुराहरु सिक्ने अवसर पाइयो । यसैगरी नवलपरासीमा रहेको जिल्ला सकारी संघले चामल मिल तथा प्रशोधन गर्ने मिल हेर्यौं र यसका साथसाथै पुरातात्विक तथा धार्मिक महत्वका क्षेत्रहरु समेत अवलोकन गर्ने अवसर प्राप्त भयो । समग्रमा यो भ्रमण निकै नै फलदायी भएको मैले महशुस गरेको छु र सहभागीहरुको पनि यस्तै अनुभव रहेको पाएको छु सहकारी अधिकृत तथा कामु डिभिजन सहकारी प्रमुख कृष्ण प्रसाद भट्टराईले बताउनुभयो ।

श्री गजेन्द्र माेक्षधाम त्रिवेणीको अवलाेकनपछि ...


अवलोकन भ्रमणबाट नयाँ ज्ञान र अनुभव सँगालेकोले अव यस्ता अनुभवहरुलाई आँफू आवद्ध सहकारी संस्थामा पनि अनुसरण गर्न पहल गर्ने कृषि सहकारी संस्थाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो । भ्रमणबाट जीवनमा सहकारी क्षेत्रमा लागेर पाउन नसकेको ज्ञान प्राप्त भएको र गर्न चाहेमा गर्न सकिने रहेछ भन्ने आँट र साहस प्राप्त भएको दिगोपन सामाजिक महिला उद्यमीका लक्ष्मी शर्माले बताउनुभयो ।

यसैगरी जमर्को कृषि सहकारी संस्था लिमिटेड बारबर्दियाका धन बहादुर चौधरीले भ्रमण साँच्चिकै भ्रमण मात्रै नभएर निकै फलदायी रहेको र सहकारीका नयाँ नयाँ तौर तरीकाहरुका बारेमा बुझ्ने र सिक्ने अवसर पाइएकोमा डिभिजन सहकारी कार्यालय बर्दियालाई धन्यवाद दिनुभयो । 


अन्तर्कियात्मक छलफलमा सहभागी हुँदै नेपालकै नमूना मानिएको

विकू बचत तथा ऋण सहकारी संस्थाको हलमा ..

केही सहकारीहरुको अवलोकन भ्रमणमा डिभिजन सहकारी कार्यालय परासीका प्रमुख बुद्ध प्रकाश पौडेल पनि बर्दियाको भ्रमण टोलिमा सहभागी हुन्भएको थियो । वहाँ यसअघि बर्दियामा नै डिसका का प्रमुखका रुपमा हुनुहुन्थ्यो । भ्रमणका दौरानमा विभिन्न उद्देश्यका आधा दर्जन सहकारीहरुको अवलोकन गर्नुका साथै नवलपरासी तथा लुम्बिनीमा रहेका विभिन्न धार्मिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको अवलोकन समेत गरिएको थियो । 

भ्रमणका थप दृश्यहरु :




यस बिषयमा तपाइको प्रतिक्रिया...!