भ्रष्टचारीलाई पशुपतिले यसरी काल बोलाए : के होला अब ? (हेर्नुस् भिडियो)

Posted on: 27 Jan, 2017

प्रभात सुवेदी । माघ १४, बर्दिया ।

नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियालाई पनि पछार्ने अवस्था नआउला भन्न सकिँदैन । जुन विश्वको उत्कृष्ट भ्रष्टाचार हुने देश हो ।

 

यस्तो अवस्था देखेपछि आम नागरिकमा मात्रै हैन यहाँ कलाकारलाई पनि सहिनसक्नु भएको छ । सामाजिक विकृति विसङ्गतिविरुद्ध आफ्ना साङ्गितीक सिर्जनाहरुका माध्यमबाट व्यङ्ग्य गर्न खप्पीस लोक तथा दोहोरी गायक पशुपति शर्माले नेपालमा व्याप्त हरेक क्षेत्रको भ्रष्ट्राचारलाई भण्डाफोर गर्दै भ्रष्ट्राचारीजति सबैलाई किरा परोस् र हैजा लागोस् भन्दै नर्कमा लैजानका लागि कालसँग हारगुहार गर्दै ‘आइज ओई काल आइज’ गीतको सार्वजनिक गरेका छन् । 

पुशपति शर्माको शब्द, सङ्गीत र स्वरमा रहेको यो गीतलाई आशिष म्युजिक प्रा.लि. ले म्युजिक नेपालको युट्युव च्यानल मार्फत बजारमा ल्याएको छ । यसको अर्को सबल पक्ष भनेको यसको उत्कृष्ट म्युजिक भिडियो पनि हो । यसमा स्वयं पशुपति शर्मा र श्रीकृष्ण बम मल्लको अभिनय रहेको छ भने दुर्गा पौडेलको निर्देशनमा छायाङ्कन गरिएको यो गीतको म्युजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । 

यो गीतको बारेमा पशुपति शर्माले देशको विकृति र विसङ्गतिका विरुद्द गीतसङ्गीतका माध्यमबाट केही भएपनि आफ्नो ठाउँबाट झस्काउने हाम्रो पनि दायित्व भएकाले यस प्रकारको सिर्जना बाहिर ल्याएको साझा सबाललाई बताए । 

युट्युवमा अपलोड गरिएकै दिनमा सात हजार बढीले हेरिसकेको यो गीतको हेर्नुहोस् पुरै भिडियो :


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!