माया होस् त यस्तो लोभै लाग्दो (हेर्नुस् भिडियो)

Posted on: 24 Apr, 2017

सास । बैशाख ११, बर्दिया । 

छुरा हानेपछि अन्तिम वाक्य बोल्न नमिल्दा नमिल्दै पनि आफ्नी प्रेमिकाको खुसीको लागि कामना गर्ने हरेक प्रेमीहरुको चाहना हुँदैन तर पनि कहिले काहीँ प्रेममा यस्तो परिस्थिति पनि बन्ने रहेछ । आँशु बगाएर पनि चोट सहँदै कसैको माया र सफल जीवनको कामना गर्नु पर्ने परिस्थिति पनि बन्ने रहेछ ।

 

यो परिस्थिति बर्दियाली गायक आँशु मिलनको जीवनमा बनेको हो । आँशु मिलनको शब्द÷सङ्गीत र स्वर, हेमन्त शिशिरको सङ्गीत संयोजन रहेको गीतमा तर्क वि.सी., प्रियंका शाही, कुन्दन चन्दको शशक्त अभिनय रहको छ भने बाल कलाकारहरु निशान्त के.सी. र एन्जेल के.सी. को अभिनयमा यथार्थता झल्किएको छ ।

याल्ड मुन मिडियाको ब्यानरमा निर्मित यो म्युजिक भिडियोको निर्देशन यशु के.सी. ले गर्नुभएको हो ।  स्थानीय स्तरमा नै निर्माण गरिएको यो म्युजिक भिडियो प्रविधिका दृष्टिकोणबाट अत्यन्तै गुणस्तरीय रहेको छ । 

बर्दियाका नयाँ नयाँ कलासाधकहरुमा पनि अत्यन्तै असाधारण प्रतिभा रहेको र उनीहरुको प्रतिभालाई आम जनसमक्ष ल्याउनका लागि याल्ड मुन मिडियाले विगतदेखि नै समर्पित भएर काम गरिरहेको र गरिरहने कुरा बताउनुभयो । 

यो गीतबाट उदीयमान प्रतिभा आँशु मिलन र यसमा मोडलिङ गर्ने कलाकारहरुको एउटा भिन्दै परिचय स्थापित हुने कुरामा याल्ड मुन मिडियाका प्रवन्धक एवम् निर्देशक यशु के.सी. ले साझा सबाललाई जानकारी दिनुभएको छ ।

हेर्नुहोस् भिडियो.... 



यस बिषयमा तपाइको प्रतिक्रिया...!