ए पशुपति दाइ के गीत गायौ खै ? मलाई त भएन त अमेरीका नेपाल ? (भिडियो)

Posted on: 30 May, 2017

प्रभात सुवेदी ।जेठ १६, बर्दिया। 

तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थिरता पाएको छैन । सधै बन्द र हड्ताल मात्रै । खोलेको पसलमा पनि कोही सामान किन्न आउँदैन मुसाले सामानको सत्यानाश । दुइ नम्बरी धन्दा गर्नु पनि कसरी ? यस्तो भएपछि गायक पशुपति शर्माले मलाई जापान पनि यहीँ मलाई अमेरीका यहीँ भनेजस्तै कसरी नेपाल हुन सक्ला र ?


यही कुरालाई व्यङ्गयात्मक किसिमले झटारो हान्दैछन् युवा लोक गायक मीनराज गौतम आफ्नो साङ्गितीक प्रस्तुती "भन्न त भन्यो दाजै..." मार्फत । दियो इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यो गीत स्वयं मीनराज गौतमले लेखेका हुन् भने यसमा महिला आवाज सन्ध्या बुढाको रेहेको छ । 

खेम सेञ्चुरीको लयमा रहेको यो गीतको हालै सार्वजनिक गरिएको भिडियोमा यादव देककोटा (सरापे) राजु पौडेल (राजु मास्टर) जानुका (प्याकुली) र सन्ध्या बुढा (काउली) को सशक्त अभिनय रहेको छ भने करन चौसिरको छायाँकन, विष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशनले निकै सार्थक बनेको छ । यो भिडियोलाई साई भिजन प्रा.लि. ले निर्माण गरेको हो ।  

हेर्नुहोस् भिडियो ....


यस बिषयमा तपाइको प्रतिक्रिया...!