हिजो र आजैमा यस्तो फरक किन हँ ? (भिडियो सहित)

Posted on: 22 Jun, 2017

सास । असार ८, बर्दिया । 

बर्दियाको तत्कालीन कालिकाको वडा नं. ५ मुनालवस्ती र हालको बढैयाताल गाउँपालिका वडा नं. ८ मा जन्मेर हुर्केका स्यारोन पछिल्लो समयमा मोडलिङ क्षेत्रमा निकै चर्चा कमाउन थालेका छन् । 

शुरुमा उनी गायन विधाबाट प्रवेश गरेपनि आफूलाई गायन भन्दा पनि अभिनय अर्थात मोडलिङमा नै बढी फिट भएकोले आफू यस क्षेत्रमा नै स्थापित हुने उद्देश्यका साथ लागेको स्यारोन बताउँछन् ।

 

पछिल्लो समयमा उनले नेपालकै चर्चित लोक गायक राजु परियार र बीमा कुमारी दूराको आवाजले सजिएको गीत ‘फरक परिछौ’ मा याङ्गीका साथमा जमेर अभिनय गरेका छन् । भिडियोमा अत्यन्तै सुन्दर र रमणीय प्राकृतिक दृश्यहरु समेटीएको छ । 

 

गीतमा पिरती गाँसेर धोका दिनेलाई कसैले पनि स्यावासी नदिने र आफ्नै सुरसार गरेपछि हिजो र आजैमा धेरै फरक देखिएको कुरालाई जोडिएको छ । काँक्रो रोप्दा ऐरेलु फलेपछि मीठो बोली बोल्दा नि झर्किने बानी भएर, छेउमा नपरी तर्कन खोज्दै स्वार्थी माया गाँस्नेहरुको चालालाई देखाउन खोजिएको छ ।


अत्यन्तै उत्कृष्ट भिडियो बनेको यो गीतमा बुद्धिमान जि.सी. को शब्द र बैकुण्ठ महतको लय रहेको छ भने छायाँकन तथा निर्देशन शिवन पोखरेल तथा सम्पादन सुधन बस्नेतले गरेका छन् । यो गीतको भिडियो एक्सन मिडियाले निर्माण गरेको हो । हेर्नुहोस् गीतको भिडियो यस्तो छ :



यस बिषयमा तपाइको प्रतिक्रिया...!