ट्रकको ठक्करले घटनास्थलमै युवकको मृत्यू

Posted on: 05 Feb, 2018

सास । माघ २२, बर्दिया । 

बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।


बिहानैदेखि लागेको कुहिरो र त्यससँगै हावाको बहावका कारणले गर्दा बाटो नदेखिने स्थिति भएकोले पूर्वबाट पश्चिमतर्फ आइरहेको क भे १ ख ५२८ नम्बरको ट्रकले ठक्कर दिँदा बढैयाताल ८, स्याउलीबजार निवासी भे ४ प ५९६४ नम्बरको मोटरसाइकल चालक वर्ष ३२ का झग बहादुर क्षेत्रीको टाउकोमा गम्भीर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको बढैयाताल प्रहरी चौकी, कालिकाका प्रहरी हवल्दार ललित सुनारले साझा सबाललाई बताउनुभयो  । 

अहिले ट्रक र चालक राम लौटन चौधरीलाई नियन्त्रणमा लिई शितलाबजारमा राखिएको ।  ट्रक चालक, मालिक  र मृतकका अाफन्तबीच अापसी छलफल र क्षतिपूर्तीकाे विषयमा अावश्यक कारवाही जिल्ला प्रहरी कार्यालय बर्दियामा नै गरिने बताइएको छ । 

विहान करीब साढे आठ बजेतिर यो घटना भएपछि, घटनाबाट उत्पन्न हुन सक्ने परिस्थितिको मध्यनजर गर्दै हाल नेपालगञ्ज गुलरिया सडकखण्ड भएर चल्ने सवारी साधनहरुलाई वाईपास गरेर पठाइएको प्र.ह. सुनारले बताउनुभयो । 

अहिले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भैरहेको र आफन्तले शव बुझिसकेको प्रहरी हवल्दार ललित सुनारले घटनास्थलबाट जानकारी दिनुभएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!