रमाउँदै छौँ हामी आफ्नै बर्बादीमा

Posted on: 13 Jul, 2017

प्रभात सुवेदी । असार २९, बर्दिया ।

नेपाली समाज तथा संस्कृतिमाथि आक्रमण भैरहेको अवस्थामा आफ्नै बर्बादीमा रमाउने प्रवृत्ती हावी भैरहेको र हाम्रा भाषा र संस्कृतिका जराहरु काट्ने कामहरु भैरेहको आरोप लगाइएको छ ।


बर्दियाली साहित्य समाजले आयोजना गरेको २०४औं भानु जयन्तीको सन्दर्भमा आयोजित विशेष साहित्यिक कार्यक्रममा बोल्ने साहित्यिक व्यक्तित्वहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्नुहुँदै साहित्यिक अद्येता तथा कृष्णसार पाठक मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले पछिल्लो समयमा नेपाली धर्म, संस्कृतिमाथि नै आक्रमण भैरहेको र यसको लागि नेपाल नै छनोटमा परेको दावी गर्नुहुँदै यसको ज्वलन्त प्रमाण भनेको नै पाठ्यक्रमबाट संस्कृत शिक्षा हटाउनु रहेको हो भन्नुभयो । यस प्रकारका साहित्यिक कार्यक्रम भन्दा पनि आज हाम्रो समाजमा मासु र रक्सीमा विक्नेहरुको जमात बढीरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

धार्मिक तथा साहित्यिक व्यक्तित्व खेमराज गौतमले आध्यात्मिक ज्ञानविना भौतिक ज्ञानले परिपूर्णता प्राप्त गर्न नसक्ने भएकोले पछिल्लो समयमा नैतिकताको सवालमा हामी जहाँको त्यहीँ रहेको कुरा बताउनुभयो । बर्दियाली साहित्य समाजकी सदस्य धनसरा सुनारले भौतिकवादले आध्यात्मिक विद्यालाई धक्का पुगेको बताउनुभयो । जेष्ठ नागरिक समाजका नगर अध्यक्ष पुण्य  प्रसाद गौतमले अबका दिनमा ताली पड्काएर मात्रै केही नहुने र अझै पनि २०४ वर्ष अघिकै समस्या नेपाली समाजमा रहेको कुरा बताउनुहुँदै जातिय सङ्कट झन् विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै भानुभक्त आचार्यले भनेजस्तै भोलिवादले नेपाली समाजलाई गाँजेको तीतो यथार्थ सबैका सामुमा छर्लङ्ग रहेको कुरा बताउनुभयो । 


कार्यक्रममा बार्दली फाउण्डेसनकी सदस्य विपना योगी, साहित्यकारहरु पवित्रा महतरा, अन्जु स्मारिका, सुदन लम्साल, रमेशचन्द्र ज्ञवाली, भेषराज पौडेल, किशोरीलाल वैश्य लगायतले आ–आफ्ना साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो भने स्वागत मन्तव्य बर्दियाली साहित्य समाजका विष्णु प्रसाद मरासिनीले व्यक्त गर्नुभएको थियो ।

कविता वाचन गर्नुहँदै कवि भेषराज पौडेल ...

यस बिषयमा तपाइको प्रतिक्रिया...!