वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौँ | गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए । 

वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातीका घरमा पानी पिउनुपर्यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’ उनले भने, ‘वडा अध्यक्ष भएपनि कथित उच्च जातिका व्यक्ति मसित राय सल्लाह गर्न आउँदैनन् ।’ 

बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फार्काउँदैनन्’ उनले भने, ‘राम्रोसँग बोल्न पनि बोल्दैनन् ।’

- यो समाचार कान्तिपुर दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!