बर्दियामा बन्द शान्तिपूर्ण : पर्सी नेपाल बन्द

Posted on: 08 Mar, 2017
सास । फागुन २५, बर्दिया ।
सप्तरी घटनाको विरोधमा संयुक्त संघीय गठबन्धनको आयोजनामा गरिएको तराई मधेसको बन्दको दोस्रो दिन आज बर्दियाको जनजीवन प्रभावित बन्यो । हिजो र आज विहानैदेखि लामो तथा छोटो दूरीमा सञ्चालन हुने बस तथा अन्य यातायातका साधनहरु पूर्ण रुपमा ठप्प रहेका थिए । सदरमुकाम गुलरियामा रहेका व्यापार, व्यवसायहरु बन्द देखिन्थे भने फलफूल पसल, होटल तथा औषधि पसलहरु भने खुला थिए । सडकमा साना सवारी साधनहरु, मोटरसाइकल, साइकलहरु भने चलेका देखिन्थे ।
यसैबीच भण्डाफोर र विरोधका कार्यक्रमहरु जारी रहने, भोलि साँझ मशाल जुलुस र पर्सि ३० दलको आव्हानमा नेपाल बन्दको कार्यक्रम रहेको लोकतान्त्रिक मधेशी मोर्चा बर्दियाका संयोजक केशव यादवले सास बर्दियालाई बताउनुभयो । आज सरकारलाई सात दिनको अल्टिमेटम बुझाएको छ जसमा मृतकका परिवारलाई क्षतिपूर्ती, घाइतेहरुको उपचार, सहमति नभएसम्म स्थानीय निर्वाचन स्थगित गर्ने लगायतका मागहरु रहेको वहाँले बताउनुभयो । अहिलेलाई यत्ति नै रहेको र बाँकी कार्यक्रमहरु होलीपछि सार्वजनिक गरिने संयोजक यादवले बताउनुभयो । साथै वहाँले आजको बन्द पूर्ण रुपमा सफल रहेको र बन्दका क्रममा कुनै पनि अप्रिय घटना नभएको बताउनुहुँदै हाम्रो उद्देश्य घटना घटाउनु हैन तर एमालेले आगोमा घिउ थप्ने काम गरेकोले परिस्थिति प्रतिकूल बनेको औंल्याउनुभयो ।
बन्दका कारण १०७औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन ढाटा टाढाबाट सदरमुकाममा आएका महिलाहरुलाई यातायात बन्दका कारण सास्ती भोग्नु परेको थियो भने केही महिलाहरु ट्रयाक्टरमा चढेर महिला दिवसको कार्यक्रममा सहभागी हुन आएको देखिन्थ्यो ।
सदरमुकाम मुख्य चोक राधाकृष्णचोक ........

यस बिषयमा तपाइको प्रतिक्रिया...!