बर्दियाको ठाकुरबाबा नगरपालिका: ११९ मतले एमाले र १११ मतले माओवादी बिजयी

Posted on: 02 Jul, 2017

असार १८, बर्दिया | बर्दीयाको ठाकुरबाबा नगरपालिकामा एमालेले ११९ मतले माओवादी केन्द्रलाई पराजित गर्दै मेयर पद आफ्नो पक्षमा पारेको छ भने १११ मतले माओवादी केन्द्रले आफुलाई उपमेयरमा चित्त बुझाउनु परेको छ | 

निकै कडा प्रतिष्पर्धाका बाबजुत एमालेका उम्मेदवार घननारायण श्रेष्ठले माओवादीका उम्मेदवार नेत्रप्रसाद आचार्यलाई ११९ मतले पराजित गरेको हो |  एमालेले यहाँ ७०७४ मत पाएको थियो भने माओवादीले ६९५५ मत पाएको थियो | 

त्यस्तै उप मेयर पदमा पनि उत्तिकै प्रतिष्पर्धा भएको छ | माओवादीका उम्मेदवार कृष्णा थारु आस्थाले ७०८६ मत प्राप्त गरेकी थि इन् भने एमालेकि उम्मेदवार बिना भट्टराईले ६९७५ मत प्राप्त गरेकी थिइन |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!