बर्दिया जिससमा माओवादीको गठबन्धन विजयी

Posted on: 25 Aug, 2017

भदौ ९, बर्दिया । जिल्ला समन्वय समितिमा माओवादी र नेकपा एमाले गठबन्धनको संयुक्त प्यानल विजयी भएको छ ।

जिससको सभापतिमा माओवादी केन्द्रका शंकरबहादुर चौधरी र उपसभापतिमा एमालेका मानबहादुर विष्ट निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यालयका अधिकृत पवनकुमार शाहीका अनुसार सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी, कल्पना चौधरी, भक्तिराम अधिकारी र सूर्यबहादुर सुनार निर्वाचित भएका छन्  । यस्तै एमालेबाट शान्ति चौधरी, धनबहादुर सुनार र राम सुमिधन यादव निर्वाचित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!