निर्वाचन एकताको पहिलो चरण : बामदेब गौतम

Posted on: 17 Nov, 2017

सास । मंसिर १, बर्दिया । 

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा बर्दिया क्षत्र नम्बर १ प्रतिनिधी सभाका उमेद्वार बामदेब गौतमले नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिचको एकताको पहिलो चरण भनेको प्रदेश सभा र प्रतिनिधी सभाको चुनाब भएको बताउनु भएको छ ।


स्थानीय निर्वाचन २०७४ मा अाफ्नो मत जाहेर गर्नुहुँदै गौतम‍....

बाम गठबन्धन निर्वाचन परिचालन समितिले बाँसगढीले आयोजना गरेको चुनाबि कोण सभालाई सम्बोधन गर्ने क्रममा बिहीबार उपाध्यक्ष गौतमले यस्तो कुरा बताउनु भएको हो

यो मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएता पनि अरु तन्त्र र सामान्तबाद  रहेको  हुदा सामान्त बादको अन्त्य र समाजबादको  स्थापना गर्न बाम एकताको बिकल्प नभएको बताउनु भयो । नेता गौतमले यस पपटकको चुनाब भिन्न खालको भएको भन्दै  देश निर्माण, जनतालाई धनी बनाउने, आर्थिक समृदी गर्ने देखी लिएर पछौटे पनको अन्त्य बाम गठबन्धनको बहुमतको सरकार बिना सम्भब नहुने ठोकुवा गर्नु भयो ।  

चुनाबी कोण सभामा प्रदेशसभा बर्दिया क्षेत्र नम्वर १ क का उमेदवार कबीराम थारु, समानुपातिक उमेदवार तथा माओबादी केन्द्रका जिल्ला नेता भवन कुमार चौधरी लगाएतले बोल्नु भएको गठबन्धनले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!