न्यानो पाइयो अब के चाहियो !

Posted on: 12 Jan, 2017

प्रभात सुवेदी । पौष २८, बर्दिया ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुलाई महिला तथा बालबालिका कार्यालय अन्तर्गत जिल्ला बाल कल्याण समितिमार्फत न्यानो कपडा तथा पि–फर्महरु वितरण गरिएको छ ।


जिल्लाभरी रहेका १४ ओटा मदरसाहरुमा अध्ययनरत बालबालिकाहरुका लगि पि–फर्म उपलब्ध गराइएको र विहिबार सदरमुकाम स्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एक, दुई र तीनका १३ जना बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरिएको महिला विकास अधिकृत गिरा कुमारी बस्नेतले बताउनुभयो ।

 
महिला विकास अधिकृत बस्नेतले आफै उपस्थित भई आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
यसरी विद्यालयमा अध्ययनरत बालबालिकाहरुले न्यानो कपडा पाएपछि उनीहरुलाई अध्ययन कार्यमा सहज हुने र विद्यालय नियमित आउने भएकाले महिला तथा बालबालिका कार्यालय जिल्ला बाल कल्याण समितिलाई प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।


यसैबीच बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा बुधबार सञ्चालन गरिएको विद्यालय स्तरीय विभिन्न सहकार्यकलापमा विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!