पाताभारमा घरबास सञ्चालन

Posted on: 05 Feb, 2017

माघ २३, गुलरिया (बर्दिया) | जैविक विविधताले भरिपूर्ण पाताभारको जनकनगरमा सिमसार दिवसका अवसरमा घरबास सञ्चालन भएको छ । 

निकुञ्जको सामिप्यतामा रहेको जनकनगरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी बर्दिया राष्ट्रिय निकुञ्ज, जुलोजिकल सोसाइटी अफ लन्डन, पाताभार उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया र लिभिङ टाइगरको सहयोगमा घरबास सञ्चालन गरिएको तिलकराम थारुले बताउनुभयो । यहाँ आउने पर्यटकका लागि वन्यजन्तु अवलोकन र कर्णालीमा जलयात्रा पनि गराइने छ । 

दुई सय ९५ घरधुरी भएको चुरे पहाडको सिरानमा रहेको जनकनगर वातावरणीय दृष्टिकोणले पनि अत्यन्त रमणीय स्थान मानिन्छ । संरक्षण क्षेत्रमा थप टेवा पु¥याउने उद्देश्यका साथ पहिलो चरणमा १० घरमा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले बताएको छ । 

एकाउन्न प्रतिशत थारु बाहुल्य रहेको बर्दियाको पाताभारमा थारु खानाको परिकार, थारु संस्कृति र पारिवारिक वातावरण उपलब्ध गराइने घरबासका कोषाध्यक्ष शान्ति चौधरी बताउनुहुन्छ । स्थानीय संस्कृति र पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले नै घरबास सञ्चालन गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!