बर्दियामा जिप जलाएको आरोपमा एक महिला पक्राउ

Posted on: 02 May, 2017

बैशाख १९, बर्दिया । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । 

आगलागीबाट जिपको भित्र र बाहिरी भागमा क्षती भएको र मर्मतका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ । पक्राउ परेकी गोडियाको घरबाट जलेको बोतललगायत अन्य सामान फेला परेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

जिपमा लागेको आगो करिब २० मिनेटपछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!