अस्थायी शिक्षक आन्दोलित : १९ र २० गते सामुदायिक विद्यालय बन्द

Posted on: 02 May, 2017

सास । बैशाख १९, बर्दिया । 

शिक्षक सेवा आयोगको विभेदपूर्ण विज्ञापनको विरोध गर्दै देशभरका अस्थायी शिक्षकहरु  आन्दोलनमा उत्रिएका छन् । 


आन्दोलनको कार्यक्रम अन्तर्गत आज देशभरका जिल्ला शिक्षा कार्यालयमा ताला बन्दी गरी विद्यालय बन्द गरेका हुन् । बर्दिया जिल्ला शिक्षा कार्यलयमा पनि आज तालाबन्दी गरिएको छ । बिहान ९ बजेदेखि ४ बजेसम्म गरिएको तालाबन्दीका कारण कार्यालयको दैनिक कामकाज प्रभावित बनेको थियो ।

भोली २० गते पनि देशभरका सामुदायिक विद्यालय बन्द गर्न आग्रह गर्दै सबै शिक्षकहरुलाई तालाबन्दी कार्यक्रममा उपस्थित हुन एक पत्रमार्फत अनुरोध गरिएको छ जसमा केन्द्रिय संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईं र कोषाध्यक्ष धर्मा पौडेलको संयुक्त हस्ताक्षर रहेको छ ।

 

देशभरका अस्थायी शिक्षकहरुलाई तीन चरणमा विभाजन गरी विज्ञापन गरेर या त परीक्षा दिने या सुविधासहित अवकास रोज्ने भनेपनि अस्थायी शिक्षकहरुलाई यो विज्ञापनले विभेद गरेको र विस्थापन गर्न खोजेको भन्दै अविलम्ब प्रक्रिया पु¥याएर स्थायी गरिनु पर्ने अस्थायी शिक्षक संघर्ष समिति बर्दियाका सदस्य मोतीराम अधिकारीले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!