बर्दियाको राजापुर नगरपालिकाको वडा कार्यालयमा आगजनी

Posted on: 14 May, 2017

वैशाख ३१, बर्दिया । बर्दियाको राजापुर नगरपालिका-१० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ । 

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ । 

आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । 

आगजनी कसले गर्यो भन्ने एकीन हुन सकेको छैन । आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!