साझा सबाल समाचार प्रभाव (बत्ती निभ्यो)

Posted on: 22 Jun, 2017

सास । असार ८, बर्दिया । 

साझा सबाल अनलाइनको बर्दिया पेजमा नव ग्रह शान्ति गर्न नौ  दिनदेखि नौ अोटा बत्ती शीर्षकमा प्रकाशन गरिएको समाचारको कारण एक हप्तादेिख निरन्तर बलिरहेका सडक बत्तीको मेन स्वीच मर्मत गरिएको छ । 

मर्मतपछी सबै नौअोटा बत्तीहरु मेन स्विच राखिएको स्थानबाट बाल्न र निभाउन सकिने भएको छ । यस अघि भने बत्ती निभाउन नसिकने अवस्थामा रहँदा दिनरात पोलमा बत्ती बलिरहेका थिए । पटक पटक खबर गर्दा पनि मर्मत नहुँदा बत्ती बलिरहेका कारण यस सम्बन्धि समाचार साझा सबाल अनलाइनको बर्दिया संस्करणमा प्रकाशन गरिएको थियो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!