बर्दियामा करेन्ट लागेर एकको मृत्यु

Posted on: 23 Jun, 2017

असार ९, बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । 

ओराली बजारमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका ४२ वर्षका बसन्त सिजापतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पसलमा फलामको रड मिलाउने क्रममा रडले बिजुलीको मेन लाईनमा छुँदा करेण्ट लागि घाइते भएका सिजापतिलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा ज्यान गएको डिएसपी युवराज खड्काले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!